शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन ७ लाख १९ मात्रा खोप आइपुग्यो

बिहीबार, ०१ पुस २०७८, १२ : ००
बिहीबार, ०१ पुस २०७८

कोरोनाविरुद्धको ७ लाख १९ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगेको छ ।  विहिबार बिहान एक मात्रा मात्रै लगाए पुर्ण मात्रा हुने जोन्सन एण्ड जोन्सन खोप आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा.सुरेन्द्र प्रसाद चौरसियाले जानकारी दिए । 

शुक्रबार जोन्सन एण्ड जोन्सनकै थप १४ लाख ४७ हजार मात्रा खोप आइपुग्न पनि उनले बताए । यसअघि अमेरिकाले कोभ्याक्स सुविधा अन्र्तगत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । यस्तै, २३/२४ डिसेम्बर अर्थात पुस ८/९ गते ६ लाख ६४ हजार मात्रा फाइजर खोप आउने प्रमुख डा. चौरसियाले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप