बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी र चिनियाँ राष्ट्रपतिबीच बेइजिङमा भेट हुने

बिहीबार, ०१ पुस २०७८, ११ : ४७
बिहीबार, ०१ पुस २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेबु्रअरीमा भेट हुने भएको छ । उनीहरुबीच आगामी फेब्रुअरीमा चिनियाँ राजधानी सहर बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उनीहरु दुई जनाका बीचमा बुधबार भर्चुअल विधिबाट फोन सम्वाद भएको थियो । त्यस सम्वादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिएका थिए । फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक रहेको जानकारी दिएका थिए । चिनियाँ सञ्चारमाध्यमहरुले आज सो कुराको जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप