बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यानले ज्ञानेन्द्र मल्लसहितका क्रिकेटरमाथि गरेको कारवाही फिर्ता लिन माग

बिहीबार, ०१ पुस २०७८, ११ : ३३
बिहीबार, ०१ पुस २०७८

वैकल्पिक युवा संगठनले नेपाली क्रिकेटर ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीमाथि गरिएको कारवाही फिर्ता लिन माग गरेको छ । संगठनका महासचिव अशोक खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले क्रिकेट एसोशिएसन नेपाल (क्यान) मा भएका बेथिति र भद्दा राजनीतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै संगठनले बेथितिविरुद्ध आवाज उठाउँदै आएका खेलाडीलाई कारवाही गर्नु खेदजनक रहेको जनाएको छ ।

क्रिकेट जगतलाई अझ सुदृढ बनाउनुपर्ने खेलाडीहरुको आवाजलाई सम्बोधन गर्नुको सट्टा बेथितिविरुद्ध आवाज उठाइरहेका खेलाडीहरु कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, उत्कृष्ट बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई राष्ट्रिय टीमबाट निलम्बन गरी टीमबाट बर्खास्त गर्नु खेदजनक रहेको संगठनले जनाएको छ ।

‘उक्त गैरजिम्मेवार कदमको हामी घोर भर्त्सना गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै क्यानलाई आफ्नो गलत निर्णय तुरुन्त सच्याएर खेलाडीहरुलाई पुनर्वहाली गर्दै उहाँहरुसँग माफी माग्न माग गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप