शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन कम्पनीको सेयर मूल्य समायोजन

बिहीबार, ०१ पुस २०७८, ११ : ११
बिहीबार, ०१ पुस २०७८

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा लघुवित्तले बगान फेमिली रेष्टुराँ एण्ड लाउन्ज बार, इटहरी, सुनसरीमा बिहान ९ बजे आयोजना हुनेछ । 

त्यस्तै, सूर्योदय लघुवित्तको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १४ सय २७ रुपैयाँ पाँच पैसा निर्धारण भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा मर्जर प्रस्ताव पारित गर्न १६ पुसमा सहयात्री पार्टी प्यालेस गुडिखोला, स्याङ्जामा नवौँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ।

त्यसैगरी, वोमी लघुवित्तको पनि २० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १३ सय ४० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । वोमीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १६ पुसमा होटल अरनिको, धुलिखेल, काभ्रेपलाञ्चोकमा १० औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजे सुरू हुनेछ । सूर्योदय लघुवित्त र वोमी लघुवित्त एकआपसमा मर्ज हुने सम्झौता भएकाले १६ भदौबाट दुबै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप