राहत फतेह अलीले गाए ‘प्रेम गीत ३’ को हिन्दी गीत
![राहत फतेह अलीले गाए ‘प्रेम गीत ३’ को हिन्दी गीत](https://rpcdn.ratopati.com/media/albums/267427851_941334643427404_116866884129484845_n_0XB5IMc9cB.jpg)
‘प्रेम गीत ३’ फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । नेपाली र हिन्दी दुई भाषामा रिलिज हुन लागेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय समेटिएको छ ।
फिल्मको हिन्दी डबसँगै गीतको पनि हिन्दी संस्करणको काम सकिएको छ । निर्माण संस्था आसुसेन फिल्मले एक बिज्ञप्ती जारी गर्दै फिल्मको गीत हिन्दीमा तयार भएको जानकारी दिएको हो । बिज्ञप्तीका अनुसार फिल्मको हिन्दी संस्करणको गीतमा पाश्र्व गायक गायिकामा बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आवद्ध भएका छन् । जसमा राहत फतेह अली खान ‘ये सनम तुही तु.. बोलको गीतमा आवाज दिएका छन्, भने अर्को गीत ‘तुम प्यार हो’ मार्फत अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन् ।
त्यस्तै अर्को डान्स नम्बर ‘मुझ्मे बस् जनामा देव नेगी’ मा पलक मुछालले स्वर भरेका छन् । फिल्मको गीत कुमार र एम तुराजको लेखनको समेत बताइएको छ । सन्तोष सेनको निर्माण रहेको फिल्म स्वर्गिय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ
-
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
जसपाले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा
-
कोशी प्रदेशस्तरीय महिला फुटबल : इलाम र ताप्लेजुङ सेमिफाइनलमा प्रवेश