आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कटहरियामा १५ बेडको अस्पताल भवन निर्माण सुरु

बिहीबार, ०१ पुस २०७८, १० : २५
बिहीबार, ०१ पुस २०७८

रौतहटको कटहरिया नगरपालिकामा १५ बेडको अस्पताल भवन निर्माण सुरु भएको छ । नगर प्रमुख सियाराम कुश्वाहाले बुधबार हिन्दु परम्परा अनुसार  विधिवतरुपमा ब्राह्मणद्वारा मन्त्रोचारण पश्चात् जग हालेसँगै अस्पताल भवन निर्माणको काम सुरु भएको हो ।

संघीय सरकारको १९.७५ करोड रुपैयाँ लगानीमा भवन निर्माणका लागि कटहरिया नगरपालिकाले आह्वान गरेको  टेण्डर घटाघट प्रक्रियामार्फत महालक्ष्मी धनन्जय चौधरी जेभीले ११ करोडमा सकार गरेको थियो । कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको हाताभित्र १५ शय्याको आधारभूत स्वास्थ केन्द्रको भवन निर्माण अवधि २ वर्ष रहेको छ ।

उक्त समयभित्रै निर्माण पूरा गर्ने चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीले प्रतिबद्धता जनाएका छन् ।

उक्त अवसरमा कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले अस्पताल भवन निर्माण थालिनु नगरवासीका लागि ठुलो खुसीको दिन रहेको बताए ।

भवन निर्माणपछि कटहरिया नगरपालिकाका जनता उपचारका लागि बाहिर जानुपर्ने झन्झटबाट मुक्त हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप