‘स्पार्क अटोकेयर’: निजी लगानीको सबैभन्दा ठूलो सर्भिस सेन्टर
काठमाडौंको गुह्येश्वरीमा पाँच करोड रुपैयाँको लगानीमा चार पाङ्ग्रे सवारी सर्भिस सेन्टर ‘स्पार्क अटोकेयर’ खुलेको छ । गुह्वेश्वरी मार्गमा ३० हजार स्क्वायर फिट क्षेत्रफलमा उक्त लगानीको सर्भिस सेन्टर सञ्चालनमा हो । अटोकेयर यही वर्ष २०७८ साल असोज १ गतेदेखि आंशिकरुपमा सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक मिनराज रेग्मीले रातोपाटीलाई बताए । उनले उपत्यकामा राम्रो सर्भिस सेन्टर नहुनको समस्यालाई मध्यनजर गर्दै ठूलो लगानीमा सुविधायुक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको बताए ।
‘अहिलेसम्म कसैले पनि यति ठूलो लगानीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छैन । यो ठूलो क्षेत्रफल र ठूलो भवनसहितको मात्रै छैन । सेवा पनि राम्रो छ,’ उनले भने । सर्भिस सेन्टरले एकै दिन ३० वटासम्म चार पाङ्ग्रे निजी सवारीलाई सेवा दिन सक्ने बताइएको छ । कुल १८ जना कर्मचारी आबद्ध अटोकेयरमा प्रमुख मेकानिकल इञ्जिनियरसहित चार मेकानिक्स छन् ।
अटोकेयरले हाल इलेक्ट्रिक भेहिकल बाहेकका सवारीलाई सेवा दिँदै आएको छ । कार, जिप र स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) जस्ता सवारीलाई सेवा दिइरहेको र अहिलेसम्म २०० वटा सवारी मर्मत सम्भार तथा सर्भिस दिएको रेग्मीले बताए । ती सवारीले अटोकेयरमा सर्भिसिङ गराउँदा २० प्रतिशतसम्म छुट पाउने गरेको कम्पनीको भनाई छ ।
यसरी बन्यो अटोकेयर सञ्चालनको योजना
खासगरी, सवारीप्रयोगकर्ताले कुनै कम्पनीको सवारी किनेपछि सोही कम्पनीले सञ्चालनमा ल्याएको सर्भिस सेन्टरमा मात्रै जान्छन् । नेपालमा सम्बन्धीत कम्पनीले सञ्चालनमा ल्याएको सर्भिस सेन्टरबाहेकका अन्य नाम चलेका राम्रा सर्भिस सेन्टर छैन । आफ्नै निजी लगानीमा खुलेका सर्भिस सेन्टर पनि कालान्तरमा कुनै कम्पनीको आधिकारिक सर्भिस सेन्टरका रुपमा आबद्ध हुन्छन् ।
तर, ती कम्पनीका आधिकारिक सर्भिस सेन्टरमा गएर आफ्नो सवारी सर्भिस गराउन वा चेकजाँच तथा मर्मत गराउन हप्तौं कुनुपर्छ । ‘मेरो सवारी सर्भिस सेन्टर लग्न पर्यो भने दुई÷दिनसम्म पालो आउँदैन,’ रेग्मीले भने, ‘एक्कासी उपत्यका छाडेर कतै लङ टुर जान पर्यो भने छिटै सर्भिसिङ गराउनुपर्ने हुन्छ ।’ तर, समयमा पालै नपाउने र पालो पाएपनि राम्रो सर्भिसिङ नभएपछि अटोकेयर खोल्ने योजना बन्यो ।
कम्पनीकी व्यवसाय विकास प्रबन्धक निशा देवकोटाले भावी दिनमा सात वटै प्रदेशमा व्यवसाय विस्तार गर्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘अहिले उपत्यकामा मात्र सञ्चालनमा छ । आगामी दिनमा देशका अन्य शहरमा रहेका सर्भिस सेन्टरसँगको सहकार्यमा सातै प्रदेशमा सेवा सुरु गर्नेछौं ।’ यस्तै, अबको ६ महिना भित्रै अटोकेयरमा इलेक्ट्रिक भेहिकलको समेत सर्भिसिङ सुरु गर्ने उनले बताइन् ।
यसका साथै, कम्पनीले मोबाइल एप्सको समेत सञ्चालन गर्ने योजना बनाएको छ । सेवाग्राहीको सवारीको स्थिती र अवस्थाबारे जानकारी दिन तथा सेवाग्राहीको जिज्ञासा अनलाइनबाटै सुनुवाई गर्न एप्स सञ्चालनमा ल्याउने योजना बनाएको हो । दिनको २४ घन्टा नै सेवा सूचारु राख्ने अटोकेयरले अन्य सर्भिस सेन्टरकै मूल्यमा सर्भिसिङ गर्ने गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारी महासङ्घद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग
-
श्रीलङ्काली ब्याट्सम्यान फर्नान्डो र मेन्डिसको शतकसामु निरीह बन्यो न्युजिल्यान्ड
-
इन्द्रचोक क्षेत्रमा बिजुलीको पोल र तार हटाउँदै महानगर (तस्बिरहरू)
-
अघिल्लो पटक जितेको ८ सिट जोगाउन माओवादीलाई चुनौती, को–कोसँग गर्दैछ तालमेल ?
-
स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना खुल्यो
-
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ