‘रिस्क’मा फिल्म प्रदर्शनः ‘वान मिस, गेम फिनिस’
फिल्म ‘चपली हाइट–३’ ले पुस २ का लागि प्रदर्शन मिति तय गरेको थियो । तर सोही मितिमा दुई विदेशी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका छन् । बलिउड फिल्म सूर्यवंशी प्रदर्शनमा आएसँगै कलिउड केही तातेको थियो । तर, नेपाली फिल्म निर्माता निर्देशक भने हलमा प्रवेश गर्न डराइरहेका छन् । बहाना अरु भए पनि कोरोना भाइरसलाई दोष देखाएर नेपाली फिल्म नगरी अझै चलायमान हुन सकेको छैन ।
विगतदेखि नै विदेशी फिल्मसँग डराउने नेपाली निर्माता निर्देशकको नियती पुनः दोहोरिन थालेको छ । हलिउड, बलिउडको छायाँमा कलिउड बजारले ठाडो शीर गर्ने अझै हिम्मत जुटाउनसकेको छैन । यसकै दवावस्वरुप निर्माता अर्जुन कुमार दुई हप्ता पछि अर्थात् पुस १५ मा ब्याक हुन बाध्य भएका छन् । यस्तै पुस १६ का लागि अर्को फिल्म ‘कठपुतली’ले पनि प्रदर्शन मिति तय गरेको छ । यसरी सिल्भर स्क्रिनमा नेपाली फिल्म हेर्न अझै दुई साता दर्शकले कुर्नुपर्ने भएको छ ।
फिल्म ‘चपली हाइट–३’ निर्माण भएको करिब अढाइ वर्ष बितिसक्यो । कथा र निर्देशकीय दृष्टिकोण बनेको अढाइ वर्षपछि दर्शकको मनोविज्ञानसँग कति निकट रहने हो ! यो धेरैका लागि चासोको विषय बनेको छ। अझ, कारोनाकालमा अनेकन ‘ओटीटी’ माध्ययमा छानी छानी फिल्म हेर्न बानी परेका दर्शकलाई हलसम्म तानेर होल्ड गराउने फिल्म कति सक्षम हुने हो सिंगो चलचित्र बजारमा जिज्ञासाको विषय बनिरहेको छ । र, यी जिज्ञासा पूरा गर्ने जिम्मेवार पात्रका रुपमा छिन् अभिनेत्री स्वस्तिमा खड्का ।
‘चपली हाइट–३’ मा स्वस्तिमा खड्काका साथमा देखिएका छन् सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका कलाकारहरू । अघिल्ला सिक्वेलमार्फत् आफ्नो ब्राण्ड स्थापित गरेको चपली हाइटले त्यो ‘हाइट’ पाउला ? अन्य फिल्ममा पाएको सफलताको श्रेय यो फिल्मबाट स्वस्तिमाले पाउलिन् ? यो विषयले उनी स्वयम्लाई पनि पिरोलिरहेको छ ।
चपली हाइटको अघिल्लो सिक्वेल सेलिङ पोइन्टका लागि ग्ल्यामरको ट्याग लगाइएपनि त्यो स्वीकार्न उनी तयार छैनिन् । यद्यपि उनले निर्वाह गरेको एक ‘योङ गर्ल’को पात्र र पात्रको उतार चढाव अनि फिल्मको जनराले सेलाएको नेपाली फिल्म बजारलाई सामान्यतर्फ लैजानेमा उनी विश्वस्त छिन् । स्वस्तिमा आफ्नो बाँकी कुरा रातोपाटीलाई यसरी शेयर गर्छिन् ।
सँगै काम गरेको मान्छे वा टिमसँग सबै कुरामा उस्तै बुझाइ हुन्छ भन्ने हुन्न । कहिलेकाहीँ मिस अन्डरस्टेन्डिङ हुन सक्छ । हाम्रो उद्योग पनि सकेसम्म नकारात्मक विषयमा नै बढी केन्द्रित भइरहेको हुन्छ । यद्यपि मलाई झगडिया कुरा मिडियामा ल्याएर लुस्स अगाडि आएर अडियन्समा जान मन पर्दैन ।
फिल्म प्रदर्शन र सफलताको च्यालेन्ज
अहिलेको अवस्थामा फिल्म प्रदर्शन गर्नु आफैमा ठूलो चुनौती हो । यो ठूलो ‘रिस्क’ हो । हामी आफै पनि निश्चिन्त छैनौं कि फिल्म सफल हुन्छ या हुँदैन । फिल्म प्रदर्शनमा ल्याउनु भनेको ‘वान मिस, गेम फिनिस’ हो । रिलिज गरिसकेपछि पुनः फिल्म रिलिज गर्छु भन्दा पनि नमिल्ने । नेपाली फिल्मसँगै विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नु अर्को चुनौती हो । हल बाँडिनु आफैमा रिस्क हो । यति हुँदाहुँदै पनि फिल्म बजारमा नल्याएर पनि भएन । कहिलेसम्म कुरिरहने ? अनेकन चुनौतीका बावजुद सुरुवात त गर्नै पर्यो । त्यसैले पनि हामी रिलिज गरेर रिस्क लिनेमा लाग्यौं ।
निर्माता अर्जुन कुमारसँगको विवाद
सँगै काम गरेको मान्छे वा टिमसँग सबै कुरामा उस्तै बुझाइ हुन्छ भन्ने हुन्न । कहिलेकाहीँ मिस अन्डरस्टेन्डिङ हुन सक्छ । हाम्रो उद्योग पनि सकेसम्म नकारात्मक विषयमा नै बढी केन्द्रित भइरहेको हुन्छ । यद्यपि मलाई झगडिया कुरा मिडियामा ल्याएर लुस्स अगाडि आएर अडियन्समा जान मन पर्दैन ।
प्रचारको रणनीति नै झैंझगडा बनाउने गरेको पनि पाइन्छ तर म यस प्रवत्तिको विरोधी हुँ । यतिका फिल्ममा काम गर्दा कहिलै पनि यस्तो प्रोपोगाण्डालाई अनुशरण गरिनँ र अब पनि गर्न उचित ठान्दिन । म चाहन्छु फिल्मको ट्रेलर हेरेर हलसम्म पुग्नु पर्छ र हेरेका दर्शकको माउथ पब्लिसिटीका माध्यमबाट अन्य दर्शक हलसम्म पुग्न सक्नुपर्छ भन्ने मेरो तर्क हो ।
फिल्म करियरप्रतिको बुझाइ
गर्न अझ बाँकी धेरै छ । अहिले नै जीवनलाई फर्केर हेर्ने वेला भएजस्तो लाग्दैन । सिकाइ धेरै भएको छ, भोगाइ धेरै छ । कलाकार भएपछि सामान्य मान्छेले जे भोग्छ, त्यो भन्दा भिन्न र धेरै अनुभव हुन्छन् हाम्रा । तर, यो उद्योग नै के रहेछ अथवा म को हुँ भन्ने बेला भएको छैन जस्तो लाग्छ । कतिसम्म गर्न सकिन्छ गर्दै जाऊँ । सायद जीवित रहुन्जेल यो क्षेत्र छोड्न मन लाग्दैन होला । अनुभव र अनुभूति फर्केर हेर्ने दिन अन्तिमविन्दु हुनेछ, जुन दिनदेखि फिल्म गर्नै सकिन्न होला ।
अहिले नै त होइन, तर पछि एउटा राम्रो निर्देशक बन्ने सपना हो मेरो । कसैको साथमा कलाकार भएर म फुत्त आएँ होला तर निर्देशनमा त्यो हुँदैन । यसमा अध्ययनको धेरै आवश्यकता पर्छ ।
ग्ल्यामर र गसिपको जिन्दगी
विशेष गरी अभिनेता अभिनेत्रीहरूको व्यक्तिगत जीवनका बारेमा अलि धेरै चासो राखिन्छ यहाँ । त्यसमा पनि श्रीमान श्रीमतीका कुरा, प्रेमी प्रेमिकाका व्यक्तिगत कुरामा अलि बढी चासो राखिन्छ । तर, मेरो सन्दर्भमा भने श्रीमान निश्चल बस्नेत स्वयम् चलचित्र क्षेत्रमा हुनुहुन्छ । त्यसैले यो कुनै सस्पेन्सको विषय भएन । म आफै पनि आफ्नो व्यक्तिगत जीवन धेरै बाहिर ल्याउन चाहन्न । त्यसैले ग्ल्यामर र गसिपको विषयले म प्रभावित छैन ।
सस्तो लोकप्रियता होइन टिकटक
मैले टिकटक खोलेको ३÷४ महिना मात्र भयो । फिल्ममा आउने कलाकार किन टिकटकमा आउने भन्ने प्रश्न हुन सक्छ । एक हिसावले त्यो ठिकै लाग्छ । तर, फिल्ममा म जे गरिरहेकी हुन्छु, त्यो भने टिकटकमा गर्दिनँ । तर हामी जसको काम गरिरहेका हुन्छौं, उहाँहरूको सोच भने धेरैभन्दा धेरै अडियन्समा पुगोस् भन्ने हुन्छ । कारण मसँग जोडिनु भएका संस्था वा कामले धेरै अडियन्स खोजिरहेको हुन्छ । र, त्यसका लागि सामाजिक सञ्जाल त्यसमा पनि अहिलेको टिकटक उचित ठाउँ रहेछ ।
अब हामी पब्लिक फिगर मात्रै होइनौं, हामी कन्टेन्ट क्रिएटर पनि हौं । धेरै ब्राण्डहरूले हामीलाई कन्टेन्ट दिइरहेका हुन्छन् र त्यो हामी सामाजिक सञ्जालबाटै पस्किरहेका हुन्छौं । यो समयको माग पनि हो । सेलेना गोमेज, जस्टिन विवरदेखि लिएर सबैको टिकटक छ । तर त्यसको अर्थ उहाँको प्रस्तुति हेर्न दर्शक नजाने भन्ने त होइन । त्यसको अर्थ टिकटक र लाइभ प्रस्तुतिको कन्टेन्ट त पक्कै भिन्न होलान् ! त्यसरी नै कन्टेन्टको विविधता पस्कने प्रयास मेरो रहन्छ ।
कलाकारको आफ्नै यूट्युव च्यानल
केही वर्षयता आफूलाई प्रस्तुत गर्ने माध्यममा परिवर्तन आएको छ । हिजो आफ्ना कुरा राख्न कुनै टेलिभिजनको पर्खाई हुन्थ्यो । तर, हामीमा टेलिभिजन नै खोल्न सक्ने सामथ्र्य हुँदैन थियो । आज सबैले यूट्युव च्यानल खोल्न सक्छौं । त्यसैले प्रविधिको सकारात्मक पक्षलाई अनुशरण गर्नु पक्कै नराम्रो होइन । समयअनुसार ‘अपडेट’ नभइए पछि परिन्छ ।
यद्यपि, हामी पब्लिक फिगर भइसकेपछि कुन माध्यमलाई कसरी प्रयोग गर्ने भन्ने विषय महत्वपूर्ण हो । के कन्टेन्ट दिने भन्ने मुख्य विषय हो । हाम्रा आफ्ना व्यक्तिगत गतिविधि अडियन्सले रुचाउलान्, दैनिक ‘ब्लग’मा लाखौं दर्शक आउलान् तर ती कुराहरूबाट म टाढै बस्न रुचाउँछु । घरमा के गरिरहेकी छु, किचनमा के गरिरहेकी छु वा श्रीमानसँग कहाँ घुम्न गइरहेकी छु, यी कुरा धेरै रुचाइन्छन् होला तर म यो चाहन्न । केही विशेष कुरा दर्शकसामू पुर्याउनै पर्ने छ भने यी माध्यम सहज हुन्छन् । तर, कलाकारलाई यूट्युवमा हेरेकैले हलसम्म दर्शक जानुहुन्न भन्नेचाहिँ हुँदैन ।
दक्षिण एशियाली मुलुकमा महिला हिंसाका समाचार धेरै आउँछन् । यसबाट फिल्म उद्योग पनि अछुतो छैन । तर नेपाली फिल्म क्षेत्रको कुरा गर्ने हो भने म आफूलाई भाग्यमानी ठान्छु कि मैले जति काम गरे राम्रो टीमसँग गरे । भगवान्को कृपा भन्नुपर्छ, मैले त्यस्तो तीतो अनुभव गर्नु परेन । तर, मैले जति सुनेकी छु, देखेकी छु । त्यसमा फिल्म उद्योगभन्दा अन्य क्षेत्रमा बढी पाएकी छु ।
राम्रो निर्देशक बन्ने सपना
अहिले नै त होइन, तर पछि एउटा राम्रो निर्देशक बन्ने सपना हो मेरो । कसैको साथमा कलाकार भएर म फुत्त आएँ होला तर निर्देशनमा त्यो हुँदैन । यसमा अध्ययनको धेरै आवश्यकता पर्छ ।
कोही निर्देशक वा लेखकले कथा सुनाइरहँदा मेरो मस्तिष्कमा पनि केही दृष्य खेल्छन्, सिल्भर स्क्रिनमा आउने चित्र परिकल्पना गर्छु । ती परिकल्पना म आफैले पर्दामा उतार्दा कस्तो होला ? त्यो अनुभव गर्न मन छ मलाई । केही निर्देशक लेखकहरूले पनि भन्नुहुन्छ कि, ‘तिम्रो निर्देशकीय दृष्टिकोण पनि राम्रो छ ।’ निर्देशक विनोद पौडेल, दीपाश्री निरौलालगायतले पनि भन्नु भएको छ । तर, कसैले भनेको भरमा नभएर मेरो आफ्नै सपना पनि रामो निर्देशक बन्ने छ । यो विषयमा श्रीमानसँग केही कुरा भएको छैन । सायद गर्छु भनेपछि नाइँ भन्नुहुन्न होला ।
‘अपकमिङ’ प्रोजेक्ट र पात्र
कोभिडले असर गरेन भने फिल्म ‘चिसो मान्छे’ फिल्म सायद आगामी बैशाखमा आउँछ । त्यसमा बाजुराको एक महिला पात्रको भूमिका निर्वाह गरेकी छु । जुन पात्र सुदूरपश्चिमको लवज, रहनसहनसँग अभ्यस्त पनि छ ।
फिल्मबाट अभिनय करियर सुरु गरेकी म थिएटरमा पनि प्रवेश गर्दैछु । नारायण वाग्लेको उपन्यासमा तयार हुन लागेको ‘पल्पसा क्याफे’ नाटकमा दर्शकले मलाई मूल पात्र पल्पसाका रुपमा देख्न सक्नेछन् । थिएटरका कलाकारहरूसँग काम गर्ने अवसर पाउँदा निकै उत्साहित छु । फिल्म, म्यूजिक भिडियो, टिभिएस विज्ञापनलगायत विभिन्न विधामा रहेर काम गरेकी छु ।
फिल्म उद्योगका नकारात्मक प्रसंग
दक्षिण एशियाली मुलुकमा महिला हिंसाका समाचार धेरै आउँछन् । यसबाट फिल्म उद्योग पनि अछुतो छैन । तर नेपाली फिल्म क्षेत्रको कुरा गर्ने हो भने म आफूलाई भाग्यमानी ठान्छु कि मैले जति काम गरे राम्रो टीमसँग गरे । भगवान्को कृपा भन्नुपर्छ, मैले त्यस्तो तीतो अनुभव गर्नु परेन । तर, मैले जति सुनेकी छु, देखेकी छु । त्यसमा फिल्म उद्योगभन्दा अन्य क्षेत्रमा बढी पाएकी छु ।
मेरा आफ्ना केही साथीहरू मिडिया क्षेत्रमा हुनुहुन्छ, उहाँहरु पनि प्रत्यक्ष अप्रत्यक्ष हिंसामा परिरहनु भएको पाउँछु । फिल्म क्षेत्रमा भएका केही घटनाले निकास नै पाएन, त्यसै हराएर गयो । यसरी कुनै निस्कर्षमा नपुगी घटना सेलाएर जानु हिंसाको विषय नै हल्का भएर जानु हो जस्तो लाग्छ । कुनै दिन म आफै पनि पीडित भएँ भने त्यसरी नै हल्का बनाइन्छन् कि भन्ने डर लाग्छ ।
समाजमा महिलाले मुद्दा उठाउँदैमा महिला नै सहि हुन्छन् भन्ने हुँदैन । शोषणमा परियो भने हामी बोल्नुपर्छ । कलाकार होस् या अरु कोही आवाज उठाउनुपर्छ । तर, मुद्दा उठाइसकेपछि त्यसलाई निस्कर्षमा पुर्याउनु सक्नु पर्छ । यदि हिम्मत गरिएन भने साँच्चै हिंसामा पर्नेहरू मुद्दा उठाउनै सक्दैनन् भन्ने हुन्छ । यसले पीडकहरुको मनोबल बढ्छ र सधैं पीडित भइरहनुपर्छ ।
महिला हिंसाविरुद्धका कथा
चपलीहाइट फिल्ममा महिला हिंसाको विषयबस्तु खास छैन । तर, मैले अभिनय गरेका फिल्महरू बुलबुल, घामड शेरे, चिसो मान्छे जस्ता फिल्मका सामाजिक कथाले भने महिला हिंसाका कथा र पात्र बोकेका छन् । ती पात्रहरूले कतै न कतै विषयलाई न्याय गरेकै छन् ।
फिल्ममा ग्ल्यामर देखाइयो भन्ने प्रसंगमा अब यस्ता विषयलाई सकारात्मक रुपमा लिने कि ! जस्तो कि यदि म कुनै देशको समुद्र किनारमा विकनी लगाएर हिँड्छु वा स्वीम सुट लगाएर पौडिनुलाई प्राथमिकतामा राख्नु आवश्यक छ त ? त्यो पहिरनले नकारात्मक सन्देश त दिएको होइन । त्यसैले, कतिपय विषयमा हामी आफैपनि प्रगतिशील हुन आवश्यक देख्छु । ‘विङ द वेस्ट भर्सन अफ योर सेल्फ’ भने जस्तै आफूले आफैलाई जहिले पनि उत्कृष्ट बनाउने प्रक्रिया निरन्तर चलिरहन्छ ।