काँग्रेस उपसभापतिकाे मतगणना अन्तिम चरणमा: गच्छदारलाई धनराजले फेरि उछिने
बिहीबार, ०१ पुस २०७८, ०० : २६
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिँदैछ ।
सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।
पछिल्लो मतपरिणामअनुसार पूर्णबहादुर खड्काले १९०१ मत, विजयकुमार गच्छदारले १७२५ मत, चन्द्र भण्डारीले १४६५ मत र धनराज गुरुङले १७४१ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारको पछिल्लो मतपरिणाम आउन बाँकी छ ।