शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

झापामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

बुधबार, २९ मङ्सिर २०७८, २२ : ५८
बुधबार, २९ मङ्सिर २०७८

झापाको कन्काई नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटना परेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका ६ बस्ने ३३ वर्षीय सन्तोष राई र सोही स्थान बस्ने अन्दाजी ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । बुधबार साँझ सो राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बस र विपरित दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका सन्तोष र चन्द्रबहादुरलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रबहादुर सन्तोषले चलाएको मोटरसाइकलमा सवार रहेका थिए । बसका चालक ३१ वर्षीय सरोज ढकाल, बस र मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ ।  ढकाल इलाम चुलाचुली गाउँपालिका २ का बासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप