उपसभापतिको मतगणना : २८ सय मतपत्र गन्दा पूर्णबहादुर खड्काको अग्रता
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिँदैछ ।
सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।
हालसम्म २८०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले १२१३ मत, पूर्णबहादुर खड्काले १३२१ मत, चन्द्र भण्डारीले १११५ मत र धनराज गुरुङले १२६७ मत प्राप्त गरेका छन् । त्यस्तै सुजाता कोइरालाले ३७८, महेश आचार्यले २६६, र दिव्यश्वरी शाहले ११२ मत प्राप्त गरेका छन् ।