‘प्रचण्डपथ त्याग्नु माओवादीको गल्ती, तितरवितर भयौं’ : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख एवम् अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रचण्डपथ त्याग्नु आफूहरूको गल्ती भएको र सोहीकारण माओवादी नेताहरू तितरवितर भएको बताएका छन् । पार्टी समर्थित जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता एवम् मन्त्री शर्माले प्रचण्डपथले माओवादीलाई एकढिक्का बनाएर राखेकोमा सो त्यागिएपछि समस्या भएको उल्लेख गरेका हुन् ।
वि.सं. २०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले पार्टीको पथप्रदर्शक सिद्धान्तका रूपमा प्रचण्डपथ अंगीकार गरेको थियो । २०६५ पुस ३० गते तत्कालीन नेकपा (माओवादी) र नेकपा एकताकेन्द्रबीच पार्टी एकता भएपछि प्रचण्डले प्रचण्डपथलाई पार्टीको पथप्रदर्शक विचारबाट हटाएका थिए । नेता शर्माले यसअघि पनि प्रचण्डपथ त्याग्नु पार्टीको गल्ती भएको बताउँदै आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थानीय तह विभागका सदस्यहरूलाई सपथग्रहण गराउने क्रममा समाजवादको आधार तयार गर्न समुदायमा आधारित उत्पादन शक्तिको निर्माण गर्नुपर्नेमा पनि नेता शर्माले जोड दिए । सो शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने उनको भनाइ थियो ।
व्यक्तिगत प्रतिस्पर्धालाई समेत कायम राखेर सामुदायिक स्रोत साधनलाई परिचालन गरी समाजवादको आधार तयार गर्नुपर्ने उल्लेख गर्दै शर्माले भने, ‘समुदायमा आधारित उत्पादन शक्ति केन्द्रको विकास गर्नुपर्छ, उत्पादनका साधनहरू त्यसको स्वामित्वमा हुनुपर्छ र समुदायलाई आवश्यक पर्ने साधनहरू त्यसले दिन सक्नुपर्छ ।’
केन्द्रले व्यक्तिगत तथा सामुदायिक रूपमा उत्पादन भएका वस्तुको केन्द्रीकरण गरी बजारीकरण गर्नमा मद्दत गर्नुपर्ने उनले बताए । केन्द्रले स्थानीय सरकारलाई आवश्यक परेका बेला घचघच्याउने र चुनौति दिनसक्ने हुनुपर्ने पनि उनको भनाइ छ । यसो गर्दा खासगरी स्थानीय सरकारलाई विकास र उत्पादनमा पूरकका रूपमा सहयोग गर्नुपर्ने उनको धारणा छ । यसरी सामुदायिक कार्य गर्दामात्र समाजवादको ‘भ्रुण’को विकास हुने शर्माले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)