१८ लाख ७१ हजार डोज खोप आइपुग्यो
बुधबार, २९ मङ्सिर २०७८, २१ : २८
नेपालमा कोरोनाविरुद्धको थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बुधबार भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्डको १८ लाख ७१ हजार डोज खोप आएको हो ।
स्वास्थ्य सेवा विभागका अनुसार बिहीबार र शुक्रबार पनि खोप आउने छ । उक्त दिन जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप आउन लागेको हो ।
विभागका अनुसार बिहीबार विहान पौने ८ बजे ७ लाख १९ हजार र बाँकी १४ लाख ५७ हजार डोज खोप आउन लागेको हो । उक्त खोप युनिसेफमार्फत आउन लागेको हो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय