सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उपसभापतिको मतगणना : १२ सय मतपत्र गन्दा को अगाडी ?

बुधबार, २९ मङ्सिर २०७८, २० : ५६
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । 

हालसम्म  १२०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४५४ मत, पूर्णबहादुर खड्काले ५०१ मत, चन्द्र भण्डरीले ४७२ मत र धनराज गुरुङले ५४३ मत प्राप्त गरेका छन् । त्यस्तै दिव्यश्वरी शाहले ३७, सुजाता कोइरालाले १३८ र महेश आचार्य १३३ मत प्राप्त गरेका छन् । एउटा मतपत्रमा दुई भोट हुन्छ ।

यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप