बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा खुकुरीसहित ३ जना पक्राउ

बुधबार, २९ मङ्सिर २०७८, २० : ४४
बुधबार, २९ मङ्सिर २०७८

दाङको तुलसीपुरबाट खुकुरीसहित तीन जनालाई पक्राउ गरिएको छ । तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी १९  वर्षीय अजय मियाँ, रानीजरुवाका समीर विक र मासु मार्केटका कोरेस विक रहेका छन् । तुलसीपुरमा आफूमाथि कुटपिट गरेको बदला लिनका लागि आक्रमण गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप