बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

उपसभापतिको मतगणना : ९ सय मत गन्दा चार जनाबीच कडा टक्कर

बुधबार, २९ मङ्सिर २०७८, २० : ०९
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । 

हालसम्म ९ सय मत गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ३५५ मत, पूर्णबहादुर खड्काले ३९५ मत, चन्द्र भण्डरीले ३५१ मत र धनराज गुरुङले ३९२  मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप