क्यानले क्रिकेट टीमका कप्तान र उपकप्तानलाई हटायो
बुधबार, २९ मङ्सिर २०७८, १९ : १२

नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । क्यानको बुधबार बसेको बैठकले उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा सो निर्णय गरेको हो। मल्लको स्थानमा सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरिएको छ ।
संघले मल्ल र सि‌ंहसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्टर्ल कन्ट्रयाक्टमा सहभागी नगराउने पनि निर्णय गरेको छ । संघले गठन गरेको छानबिन समितिले उनीहरुले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो । क्यानले गर्ने खेलाडीहरूको ग्रेडको विषयमा चार जनाले मिडियामा बोल्दै असन्तुष्टी जनाएका थिए । सोही विषयमा क्यानले उनीहरुलाई स्पष्टीकरण नै सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी
-
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद