काँग्रेस उपसभापति पदको मतगणनाको नतिजा आजै रातिसम्म आउने
बुधबार, २९ मङ्सिर २०७८, १८ : ३३
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको उपसभापति पदको मतगणनाको अन्तिम नतिजा आजै रातिसम्म आउने अपेक्षा गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि मतगणना सुरु भएको थियो ।
मतगणना तीन स्थानमा गरिएकाले आजै रातिसम्म नतिजा आउने अनुमान गरिएको निर्वाचन समितिको भनाइ छ ।
सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्येश्वरी शाहले उम्मेदवारी दिएका थिए । मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । उपसभापतिको पछि अन्य पदको गणना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’
-
पर्यटन विकासका लागि निगमको स्तरोन्नति र स्रोत बजारमा सेवा विस्तार गर्न सुझाव
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा