आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

बुधबार, २९ मङ्सिर २०७८, १७ : ५६
बुधबार, २९ मङ्सिर २०७८

चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा मंसिर २३ गतेदेखि २७ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।

निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिने कार्यशालामा पटकथा लेखन, निर्देशन, छायाङ्कन र अभिनय विधामा प्रशिक्षण दिइने पहल नेपालका अध्यक्ष केएल पीडितले बताए ।

‘मोफसलमा रहेका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणको राष्ट्रिय मूलधारमा जोड्न र मौलिक एवम् सार्थक चलचित्र निर्माणको वातावरण बनाउन यो कार्यशाला निकै महत्वपूर्ण रहेको छ’ केएल पीडितले थपे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप