बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक पनि नेशनल पेमेन्ट स्वीच र कर्पोरेट प्रणालीमा आबद्ध

बुधबार, २९ मङ्सिर २०७८, १७ : ५२
बुधबार, २९ मङ्सिर २०७८

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैँकबीच आज औपचारिक सम्झौता भएको छ । साथै, बैंकले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड बमोजिम नेपाल पे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई डिजिटल प्ल्याट्फर्मका रूपमा कर्पोरेटपे प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैंले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू खाताबाटै सजिलै गर्न सक्ने सम्झौता पक्षले जानकारी दिएको छ । हाल नेशनल पेमेन्ट स्वीचमा ३४ वटा बैंक÷वित्तिय संस्था र १ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३५ वटा संस्था आबद्ध रहेका छन् भने कर्पोरेटपे प्रणाली ३५ वटा बैंक÷वित्तीय संस्थामार्फत उपलब्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप