माओवादी केन्द्र प्रदेश १ को अध्यक्ष छनौटमा सकस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको नयाँ नेतृत्व छनौटका लागि तीन सदस्य कार्यदल गठन गरेको छ । विराटनगरमा आज बसेको केन्द्रको बैठकले केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा अभ्यक्षसहित पदाधिकारीको नाम प्रस्ताव पेश गर्ने जिम्मा पाएको छ । उक्त प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीको तयारी छ ।
अध्यक्षको दौडमा पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेको बताएका थिए । तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्नसक्ने देखिएको छ ।
केन्द्रीय सदस्यहरु त्रयले बैठकको सुरुवातमै आफूहरुबीच नेतृत्वमा दाबी नगर्ने र प्रदेश सदस्यहरुकै बीचबाट नयाँ नेतृत्व चयनको बाटो खोल्ने सहमति गरेको बताएका थिए । अध्यक्षसहित पदाधिकारीहरूको नाम समेत प्रस्ताव हुनसक्ने अनुमान गरिरहेका बेला बैठकका सञ्चालक तथा प्रदेशका सहइन्चार्ज सावित्री कुमार काफ्लेले कार्यदल प्रस्ताव गरेपछि केही बेर हल्लीखल्ली मच्चिएको थियो ।
काफ्लेले हल्लाकै बीच नयाँ नेतृत्व छनौटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेको घोषण गरेका थिए ।
प्रदेश समितिको पहिलो बैठक विराटनगरका पुराना माओवादी नेता टंक गिरी (महेश)को अध्यक्षतामा सञ्चालन भएको थियो । आजको बैठकले कमिटीको पूर्णता दिने, अधिवेशनमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिने, समसामयिक प्रस्ताव पारित गर्ने, बाँकी रहेका पालिका अधिवेशनलाई पूर्णता दिनेलगायतका विषयमा निर्णय गरेको छ ।
गत शनिवार पहिलो प्रदेशको अधिवेशनमबाट २५९ सदस्य समिति भने सहमतिमा चयन गरेको थियो । प्रदेश अध्यक्षका लागि तिन जना आकाक्षी रहेपछि सर्बसम्वदबाट अध्यक्ष चयन प्रकृया अघि बढन नसेको थिएन् । प्रदेश अध्यक्षमा पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई,इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दाबेदारी प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित