छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
बुधबार, २९ मङ्सिर २०७८, १७ : ४१

छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए । ०७८ साउनदेखि आफुलाई पटक–पटक शिक्षकले बलात्कार गरेको छात्राको दाबी छ । रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । रावल सो कलेजका लगानीकर्ता पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए