एमाले विघटनको अवस्थामा पुगेको मन्त्री झाक्रीको टिप्पणी

सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेकपा एमाले विघटनको अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । उनले एमाले विघटन भएसँगै नेकपा एकीकृत समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइँमा लैजाने बताइन् ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाक्रीले एमाले दक्षिणपन्थी विसर्जनवादी पार्टी रहेकाले विघटन हुने अवस्थामा पुगेको भन्दै एमाले पार्टी विघटन भएसँगै एकीकृत समाजवादी पार्टी थप मजबुत र संगठित हुँदै जाने बताइन् ।
एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाक्रीले चितवनमा एमालेले गरेको १० औँ महाधिवेशनले विधान सम्मेलनलाई लत्याउँदै अमानवीयहरुको भिड जम्मा गरेर विचार, संगठन रुपान्तरण गर्नबाट चुकेको बताइन् । एमालेले संसद चल्न नदिएकोप्रति टिप्पणी गर्दै उनले प्रमुख प्रतिपक्षी दलका रुपमा एमालेको भूमिका रचनात्मक हुन नसकेको प्रस्ट पारिन् । केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेकै कारण अहिले एमाले संसदप्रति उदासिन रहेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘पटक पटक एमालेले संसद विघटन गर्दै आएका कारण एमाले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित संसदीय व्यवस्थाप्रति प्रतिवद्ध छैन भन्ने नै हो ।’ ओलीले संसद विघटन गरेका विरुद्ध आफूहरुले संयुक्त आन्दोलन गरेको भन्दै उनले संसदको पुनःस्थापना र रक्षाका लागि एमालेबाट आफूहरुले विद्रोह गरेको स्मरण गराइन् ।
०७१ साल देखि ०७८ सालसम्म एमालेको नेतृत्व गर्दै आएका केपी शर्मा ओलीले राजनीतिक समीक्षा, संसद विघटन संवैधानिक वा असंवैधानिक लगायतका विभिन्न क्रियाकलापको सिंहावलोकन समेत नगरेर मानवीय समवेदना नै नभएका अमानवीयहरुको भिड जम्मा गरेको आरोप लगाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना