आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाद्वारा प्रदेशसभा बैठक अवरुद्ध

बुधबार, २९ मङ्सिर २०७८, १७ : २४
बुधबार, २९ मङ्सिर २०७८

प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।  बुधवार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साहले सरकारले ल्याएको अध्यादेश पेश गर्न लाग्दा बैठक अवरुद्ध गरिएको हो । 

लोसपाका प्रमुख सचेतक परमेश्‍वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै पार्टीले बैठक अवरुद्ध गरेको जानकारी दिए ।

लोसपाले अध्यादेश पेश गर्न नदिएपछि सभामुख सरोज यादवले प्रदेशसभा बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका थिए।  प्रदेश सरकारले केही सातअघि प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप