सिटिजन्स बैंकका थप चार प्रिभिलेज काउन्टर विस्तार
सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टिकृत सेवाहरू प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको कालिकानगर, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी काठमाडौंमा रहेका प्रिभिलेज काउण्टरबाट मात्र विशेष बैंकिङ्ग सेवा प्रदान गरिरहेको थियो । अब अन्य प्रदेशहरूमा समेत थप विशेष बैंकिङ्ग सेवाहरू प्रदान गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंकले देशभरका १७४ वटा शाखा, १२३ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट करिव १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको दाबी गर्छ । कोरोना भाइरस महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधि अधिकतम प्रयोग गर्दै वित्तीय सेवा प्रविधियुक्त सेवा प्रदान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन