बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकका थप चार प्रिभिलेज काउन्टर विस्तार

बुधबार, २९ मङ्सिर २०७८, १७ : ०४
बुधबार, २९ मङ्सिर २०७८

सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टिकृत सेवाहरू प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको कालिकानगर, प्रदेश १ को विराटनगर र विर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ तथा कमलादी काठमाडौंमा रहेका प्रिभिलेज काउण्टरबाट मात्र विशेष बैंकिङ्ग सेवा प्रदान गरिरहेको थियो । अब अन्य प्रदेशहरूमा समेत थप विशेष बैंकिङ्ग सेवाहरू प्रदान गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशभरका १७४ वटा शाखा, १२३ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट करिव १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको दाबी गर्छ ।  कोरोना भाइरस महामारीबाट विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधि अधिकतम प्रयोग गर्दै वित्तीय सेवा प्रविधियुक्त सेवा प्रदान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप