बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस उपसभापति पदको मतगणना सुरु हुँदै

बुधबार, २९ मङ्सिर २०७८, १६ : २७
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ । अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । 
काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । 
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिएर शेरबहादुर देउवा विजयी भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप