चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोडले घाटामा

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा मुलुकको चालु खाता घाटा बढेर २ खर्ब २३ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चार महिना (साउनदेखि कार्तिकसम्म) को फाइनान्सियल रिपोर्ट अनुसार मुलुकको कुल चालु खाता घाटा २ खर्ब २३ अर्ब १९ करोडले घाटामा रहेको छ ।
यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा मुलुकको चालु खाता १९ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेकोमा चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई रु.२ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको थियो ।
यस्तो स्थिति अघिल्लो वर्ष अमेरिकी डलरमा ९३ करोड १७ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?