मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

निफ्राको साधारणसभा : सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

बुधबार, २९ मङ्सिर २०७८, १५ : ५१
बुधबार, २९ मङ्सिर २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजन निम्ति ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको जानकारी दिएको छ । 

काठमाडौंमा आयोजित साधारणसभा अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकरप्रसाद अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत उच्च तहका अधिकृतहरूसमेत उपस्थित थिए । 

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरू सर्व–सम्मतिले पारित गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको हो । 

सर्वसाधारण सेयरधनी समूहबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप