माओवादी प्रदेश २ को विवादमा केन्द्रले हस्तक्षेप गर्ने
सबै दलका लागि प्रदेश २ विवादित प्रदेश हो । विवादबाट कुनै दल अछुतो छैनन् । काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न भइसक्यो तर प्रदेश २ को अधिवेशन हुन सकेन ।
यस्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि हुन गइरहेको छ, तर प्रदेश २ को अधिवेशन सम्पन्न भएको छैन । कतिपय जिल्लाहरुमा देखिएको विवाद र प्रदेशमा कसलाई नेतृत्व दिने भनि विषयमा विवाद हुँदा प्रदेश २ को अधिवेशन स्थगित भएको हो । मंसिर २५ गते लगभग सबै प्रदेशमा अधिवेशन सम्पन्न भयो । नेतृत्व चयन पनि भयो तर प्रदेश २ मा विवाद उत्पनन हुँदा अधिवेशन स्थगित भएको हो ।
अब प्रदेश २ मा देखिएको विवादलाई केन्द्रले समाधान गर्ने भएको छ । प्रदेशले आफै मिलाउन नसके केन्द्रले हस्तक्षेप गर्ने तयारी भएको छ । प्रदेश २ मा देखिएको विवादलाई लिएर माओवादी केन्द्रका नेता मातृका यादव, नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, र रामकुमार शर्माले पार्टीका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
त्यहाँ देखिएको विवादको विषयमा छलफलहरु भयो पुस ३ गते अधिवेशन गरेर नेतृत्व चयन गर्ने पनि भनेको छ । त्यहाँको विवाद समाधानका लागि केन्द्रले प्रदेशसँग समन्वय गर्ने छलफलमा सहभागी एक नेताले बताए ।
प्रदेश २ मा नारायणकाजी श्रेष्ठ र मातृका गुट सक्रिय छन् । दुवै गुट बीचको विवादले गर्दा पार्टीको संगठन बन्न सकिरहेको छैन । प्रदेश २ को अधिवेशन सप्तरी जिल्लाको विवादले गर्दा स्थगित भएको भनिएको छ । जिल्लामा अमर मण्डल र उमेश यादवबीचको टकरावले जिल्ला अधिवेशन हुन नसकेको कारण प्रदेशको अधिवेशन हुन नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध
-
मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला
-
सीआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
-
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
-
क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
-
अमेरिकाले पठाएका २०५ अवैध भारतीय आप्रवासी बुधबार आइपुग्दै