प्रदेश २ मा लोसपाद्वारा मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेशसभा बैठक अवरुद्ध
दुई वटा विश्वविद्यालय सम्बन्धी अध्यादेश पेस भएसँगै प्रदेश २ को प्रदेशसभा बैठकमा अवरुद्ध भएको छ । बैठकमा दुईवटा अध्यादेश पेस भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बैठक अवरुद्ध गरेको हो । बैठक अवरुद्ध भएपछि सभामुख सरोज यादवले पुस ८ बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाए ।
बुधबार बसेको बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेस गरेका थिए । अध्यादेश पेस गरेसँगै प्रमुख प्रतिपक्षी दल लोसपा नेपालले बैठक अवरुद्ध गरेको हो । त्यसपछि सभामुख सरोजकुमार यादवले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसका बाबजुद बैठक सूचारु हुन नसकेपछि उनले पुस ८ सम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी प्रस्ताव रहे पनि सो कार्यसूचीमा बैठक प्रवेश नै गर्न सकेन ।
त्यस्तै प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जितेन्द्र सोनलले अख्तियार अनुसन्धान आयोगको पहिलो रिपोर्टमै साइकल खरिद प्रक्रियामा अनियमितता भएको बताउँदै उनले तत्काल मुख्यमन्त्रीले राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विषयमा उनले टिप्पणी गर्दै मुख्यमन्त्री राउतलाई सहजताका साथ छानबिनमा सघाउन आग्रह गरे । यसका लागि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।
सार्वजनिक लेखा समितिदेखि विभिन्न समितिका पद रिक्त रहेकाले तत्काल पदमा पदपूर्ति गरि सञ्चालन गर्न माग गरे ।
बैठकमा उद्योग वन पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतो, सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडी, प्रदेश सांसद जगतप्रसाद यादव लगायतकाले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान