बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

नेप्से फेरि ओरालो यात्रामा, ४ अंकले घटेको बजारमा साढे चार अर्बको कारोबार

बुधबार, २९ मङ्सिर २०७८, १५ : ३१
बुधबार, २९ मङ्सिर २०७८

बुधबार सेयर बजार परिसूचक नेप्से पुनः माइनसमा गएको छ । लगातार ओरालो यात्रामा रहेको नेप्सेले गत मंगलबार चेन ब्रेक गर्दै एकैदिन अधिकतम १३७ अंकले वृद्धि भएपनि बुधबार पुन: ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ४.२३ अंकले घट्दै २४ सय १४.६२ विन्दुमा अडिएको छ । यसदिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.८९ अंकले घट्दै ४५९.४१ बिन्दुमा झरेको छ ।  ४ अंकले घटेको बजारमा आज कुल ४ अर्ब ५८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यस दिन बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र जीवन बीमा उपसूचक बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।  आज सामलिङ पावर कम्पनीका सेयर धनीहरुले अधिकतम ९.९८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले ५.३४ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप