भीरबाट लडेर नायक रितेश घाइते
फिल्म ‘गोर्खा वारियर–२’ छायाङ्कन क्रममा अभिनेता रितेश चाम्स घाइते भएका छन् । फिल्मका लागि एक दृश्य दिँदा उनी भीरबाट लडेर घाइते भएका हुन् । घाइते रितेशको अहिले सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनकमा उपचार भइरहेको फिल्मका निर्माता एवम् निर्देशक मिलन चाम्सले जानकारी दिए । उनले घाँटी र शरीरका विभिन्न अन्य भागमा चोट लागेको चाम्सको भनाई रहेको छ ।
फिल्मको बुधबार बिहान सिन्धुलीको कमलामाई क्षेत्रमा छायाङ्कन भइरहेको थियो । अभिनेता रितेश भीरबाट झर्दै तल गहिरोमा पुगेर विपक्षीलाई आक्रमण गर्नुपर्ने दृष्य छायाङ्कन हुँदै थियो’ निर्देशक चाम्सले अगाडि भने, ‘सो क्रममा उनको शरीर असन्तुलित भएर भीरबाट खसे, रुखमा ठोकिँदै तल जमिनमा बजारिए ।’ दुर्घटनाका कारण रितेशलाई १० दिन पूर्ण आराम गर्न चिकित्सकले सुझाएको निर्देशक चाम्सको भनाई रहेको छ ।
‘जोखिम दृष्य भएकाले स्टन्ट म्यानबाट खिच्ने सोच मेरो थियो ’ निर्देशक चाम्सले भने ‘रितेशले आफैं गर्छु भन्ने हिम्मत जुटाएका थिए । तर असन्तुलित हुँदा उनी भीरबाट लडे ।’ रितेस घाइते भएपछि उनको पाटो रोकेर निर्देशक चाम्सले अन्य पाटोको भने छायाङ्कन थालेका छन् ।
‘गोर्खा वारियर–२’ को छायाङ्कन सिन्धुलीबाट ९ मंसिरदेखि सुरु भएको थियो । फिल्ममा रितेश चाम्ससँगै, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको फिल्म सन् २०२२ मा भित्र रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित
-
पारसको आग्रह : पासका लागि फोन नगर्नुहोला