बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अल्का अस्पतालमा बाथरोग निदान स्वास्थ्य शिविर, १७ ल्याबजाँच निःशुल्क

बुधबार, २९ मङ्सिर २०७८, १३ : ५९
बुधबार, २९ मङ्सिर २०७८

अल्का अस्पताल प्रालिले बाथ रोगसम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जावलाखेलस्थित अस्पताल परिसरमा पुष ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुष १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी नौ दिनसम्म निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको अस्पतालले जानकारी दिएको छ ।

बाथरोगसम्बन्धी विशेषज्ञ डाक्टरद्वय जीवन पौडेल र अभिलाषा शाहले हरेक दिन १०० बिरामीहरूलाई जाँच गर्नेछन् । अस्पतालले शिविरमा निःशुल्क औषधि पनि वितरण गर्ने जनाएको छ । निःशुल्क स्वास्थ्य परीक्षण र १७ भन्दा बढी बाथरोगसम्बन्धी ल्याब जाँच पनि निःशुल्क गर्न लागिएको अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

सिबीसी, इसीआर, युरिक एसिड, क्रियटीनाइन, एफबीएस, टीएसएच, एन्टी सीसीपी, सीपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसी लगायतका ल्याव जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने उनले जानकारी दिएका हुन् ।

बाथ रोग वरिष्ठ विशेषज्ञ जीवन पौडेलका अनुसार शिविरमा हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनावारी गडबडी भएकाहरू, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएकाहरू, मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुखेकाहरू, शरीरको विभिन्न भागमा रातो तथा नीलो दाग भएकाहरू, कपाल झर्ने समस्या भएकाहरू, मुखमा खटिरा आएका, आँखा रातो भइ बेस्सरी दुखेकाहरूले शिविरमा आएका निःशुल्क परीक्षण गराउन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप