बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

बुधबार, २९ मङ्सिर २०७८, १३ : ३८
बुधबार, २९ मङ्सिर २०७८

मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्  । आज बिहान हेटौँडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान इँटा बोकेर हेटौंडाबाट मनहरितर्फ जाँदै गरेको  प्रदेश ३ ००१ ख १८४९ नं को टिपर र हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप