‘बिजुली बेचेर व्यापार घाटा कम हुँदैन’ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले बुधबार आयोजना गरेको नवउत्थान सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने धारणा राखेका हुन् ।
उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृजना गरेरमात्र व्यापार घाटा कम गर्न सकिने बताए । मन्त्री शर्माले उत्पादन गर्ने उद्योगहरूलाई विद्युत महसुल घटाएर उपलब्ध गराउनुपर्ने धारणा राखे । अहिले विद्युत बिक्री गर्न प्राधिकरणले चिन्ता जनाइरहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो नहुने जिकिर गरे ।
बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘उद्योगलाई विद्युत नदिने, अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ, एकातिर विद्युत खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’
नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आगामी आर्थिक वर्षको बजेटमा समेटिने उनले बताए । कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो, त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत उपलब्ध गराउनुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।
विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर सहुलियतमा विद्युत उपलब्ध गराउनुपर्नेमा पनि अर्थमन्त्री शर्माले जोड दिए । निजी क्षेत्रले मुलुकको ग्राहस्थ उत्पादनमा ठूलो योगदान गरिरहेकाले यो क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म