शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीले अध्यादेशबाट सरकार चलाउन खोजेका नेता सोनलको आरोप

बुधबार, २९ मङ्सिर २०७८, १३ : ०४
बुधबार, २९ मङ्सिर २०७८

प्रदेश नम्बर २ का प्रमुख प्रतिपक्षी दल लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता सोनलले मुलुकमा विश्वविद्यालयहरू खोल्नु आपत्तिको विषय नरहे पनि सरकारको दोहोरो चरित्रले गर्दा अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाए ।

उनले हाउसको अधिकारलाई वञ्चित गर्दै ल्याइएको अध्यादेशप्रति असहमति समेत जनाए । उनले अध्यादेश फिर्ता लिन माग गर्दै त्यसलाई विधेयकको रुपमा प्रस्तुत गरि प्रक्रिया अनुसार पारित गर्न माग गरे । मुख्यमन्त्री राउतले प्रदेश २ कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय स्थापनाका लागि अध्यादेश जारी गरेका थिए ।

नेता सोनलले जनलोकपाल आयोग गठन र दलित आयोग गठन गरि कार्यकर्ता भर्ती केन्द्र स्थापना गरेको आरोप समेत लगाए । उनले भने– प्रदेश सरकारले गठन गरेका विभिन्न आयोग र समितिमा न त बजेट हुन्छ, न त कार्यालय नै व्यवस्थापन हुन्छ । त्यसैले कार्यकर्ता भर्ती केन्द्र जथाभावी स्थापना नगरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप