शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ को प्रदेशसभा बैठक सुरु, यस्तो छ कार्यसूची

बुधबार, २९ मङ्सिर २०७८, १२ : ५१
बुधबार, २९ मङ्सिर २०७८

प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि  सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेश २ को नामाकरण र राजधानीसहितको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।

प्रदेशसभाको कार्यसूची अनुसार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाइने छ । प्रदेश प्रमुखबाट सातौ अधिवेशन अन्त्य र आठौँ अधिवेशन आह्वान, विद्येयक प्रमाणीकरण, जिम्मेवारी हेरफेर र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको निमित्त सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

त्यस्तै आठौँ अधिवेशनको सुरुवातमा प्रदेशसभामा संसदीय दलका प्रतिनिधिले आ–आफ्नो भनाई राख्नेछन् । त्यसपछि प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता हुने जनाइएको छ ।  प्रदेश सांसदहरु शैलेन्द्रकुमार यादव, भरतप्रसाद साह, प्रमोदकुमार यादव, शिवचन्द्र चौधरी, राजेश्वरप्रसाद साह र शारदादेवी थापाले नामाकरणको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको निमित्त सचिव यादवले जानकारी दिए । 

त्यस्तै प्रदेशको स्थायी राजधानी नाम तोक्ने सम्बन्धि प्रस्तावमा छलफलको कार्यसूची रहेको छ भने प्रदेश सरकारले ल्याएको विभिन्न अध्यादेश पेस गरिनेछ ।  सामाजिक विकासमन्त्री नवलकिशोर साह सुडीले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश पेस गरिनेछ ।

प्रदेश सरकारले अध्यादेशमार्फत कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय स्थापना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप