सम्झना हत्याकाण्ड : अभियुक्त कान्छोससुरालाई जन्म कैद

गुल्मी । गत वर्ष गुल्मीमा भएको एक हत्याकाण्डका अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । २०७७ माघ २९ गते रातिदेखि आफ्नो घर रेसुङ्गा नगरपालिका–३, भाडगाउँबाट बेपत्ता भएकी २१ वर्षीय सम्झना बोहरा खत्री १९ दिनपछि मृत फेला परेकी थिइन् । फागुन १७ मा घरबाट तल झाडीमा विभत्स हत्या गरी बोरामा शव राखिएको अवस्थामा उनको शव फेला परेको थियो ।
उनको हत्यामा संलग्न आफ्नै कान्छोससुरा ४७ वर्षीय लालबहादुर खत्रीलाई गुल्मी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले उनलाई जन्मकैदको फैसला सुनाएको फैसलाको पूर्णपाठ भने आउन बाँकी रहेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए ।
झण्डै एक महिनासम्म सम्झनाको मृत्युको रहस्य खुल्न नसकेपछि गाउँवासी प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिए । सम्झना बेपत्ता भएको दोश्रो दिन नै उनकी ५२ वर्षीय सासु टोमकला खत्री घरबाट नजिकै खनियाको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । आन्दोलनमा मृतक सम्झनाका कान्छाससुरा लालबहादुर पनि अग्रपंक्तिमै थिए । केही गाउँवासीले सम्झनाका माईती पक्षले उनकी सासुलाई आत्महत्या दुरुसाहन गरेको आरोप पनि लगाएका थिए ।
तर, सम्झनाका ससुरा गणेशबहादुर खत्रीकै जाहेरीअनुसार लालबहादुरका सम्बन्धमा प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो र अन्ततः प्रहरीले सो हत्याकाण्डको रहस्य पत्ता लगाएरै छोड्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु