रस्साकस्सीबीच माओवादीको सुदूरपश्चिम कमिटी घोषणा
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ । ढिलो गरी सुरु भएको बन्द सत्रले आज नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो ।
आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को ढिलाइका कारण मंगलबार सम्ममा लम्बिएको थियो । तर ढिलो गरी भए पनि प्रदेश कमिटी घोषणा ले केही सहज बनाएको नेकपा माओवादी केन्द्रका नगर सचिव रमेश भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
केहीबेर निर्वाचन आयोगका प्रमुख डा केदार चन्द्र भट्ट ले महिला,युवा,दलित,मुस्लिम लगायत समानुपातिक सदस्यको छानबिन गरी सनाखत पछि मात्र प्रदेश कमिटी घोषणा गरेको उनले बताए । प्रदेश सदस्यमा कैलाली बाट ६०, बाजुरा १५,डडेलधुरा १५, दार्चुला १६,डोटी १९,बैतडी १९,बझाङ १९, अछाम २२,कञ्चनपुर बाट २८ जना निर्वाचित भएको उनले बताए ।
निर्वाचित प्रदेश सदस्यको पहिलो बैठक बाट नेतृत्व छनौट गर्ने उनले बताए । यही पुस ११ देखि १३ गते केन्द्रमा हुने राष्ट्रिय सम्मेलनका लागि ८९ जना प्रतिनिधि छनौट गरेको छ । डोटी ८,बैतडी ८,डडेलधुरा ७ अछाम बाट ८ जना प्रतिनिधि छनौट भएका छन् ।त्यस्तै बाजुरा ५,बझाङ ६ , दार्चुला ५, कैलाली २४ र कञ्चनपुरबाट १८ जना छनौट भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी