बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेस सभापतिमा शेरबहादुर देउवा विजय नजिक

बुधबार, २९ मङ्सिर २०७८, ०१ : ५६
बुधबार, २९ मङ्सिर २०७८

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा १४ औं महाधिवेशनबाट फेरि सभापतिमा निर्वाचित हुन लागेका छन् । मंगलबार भएको पुनः मतदानको मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा देउवा जित नजिक पुगेका हुन् । 
राजधानीको राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनी निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई फराकिलो मतान्तरले पछि पार्दै अघि बढिरहेका छन् । 

बुधबार राति पौने २ बजेसम्म ३५१८ मतगणना हुँदा  देउवाले २१०७ मत र शेखरले १३८४ मत ल्याएका छन् । यस्तै २७ मत बदर भएको छ । देउवा र कोइरालाका मतान्तर ७२३ रहेको छ । मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो । 

 सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४ हजार ५६४ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए ।  काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप