बेलायतमा एकै दिन झन्डै ६० हजार सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । मंगलबार एकै दिन झन्डै ६० हजार सङ्क्रमित थपिएका छन्। ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ६१० सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या जनवरीयताकै उच्च हो । यसैसँगै बेलायतमा हालसम्म कोरोनाका सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ३२ हजार ५४५ पुगेको छ ।
यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १५० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४६ हजार ६२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७९३ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय ७२ रहेको छ । यस्तै ९०० सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड २१ लाख ७८ हजार ८९८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १२ लाख ९८ हजार ८३८ जना अर्थात् ८९.२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६८ लाख ४ हजार ६०९ जना अर्थात् ८१.४ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी २ करोड ४० लाख ७५ हजार ४५१ अर्थात् ४१.९ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन
-
मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
-
गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय
-
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
-
‘योग्य, सक्षम, इमानदार र स्वतन्त्र मान्छे न्यायाधीश हुने अवस्था रहेन’
-
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल