बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

५० प्रतिशत बढी मतगणना सकियो, देउवा अघिअघि, शेखर पछिपछि

बुधबार, २९ मङ्सिर २०७८, ०१ : २२
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि पुनः भएको मतदानको मतगणना ५० प्रतिशत पछि सकिइसकेको छ । पछिल्लो मत परिणामअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रतालाई जारी राखेका छन् । 
यस्तै सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला पछिपछि छन् । निर्वाचन समितिका अनुसार हालसम्म २६५७ मत गन्दा देउवाले १५९८ मत ल्याएका छन् भने शेखरले  १०३८ मत पाएका छन् ।

मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो । 

 सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४ हजार ५६४ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए ।  काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप