काँग्रेस सभापतिको १९०० मतगणना सकियो, कसको कति मत ?
बुधबार, २९ मङ्सिर २०७८, ०१ : ०९
नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि पुनः भएको मतदानको मतगणना जारी रहँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् ।
यस्तै सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला पछिपछि छन् । निर्वाचन समितिका अनुसार हालसम्म १९०० मत गन्दा देउवाले ११११ मत ल्याएका छन् भने शेखरले ७७० मत पाएका छन् ।
मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।
सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४ हजार ५६४ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका हुन् ।