शेखर कोइराला २९२ मतले पछि परे, अघि बढ्दै देउवा
बुधबार, २९ मङ्सिर २०७८, ०० : ५५
नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि पुनः भएको मतदानको मतगणना जारी रहँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् ।
यस्तै सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला पछि परेका छन् । निर्वाचन समितिका अनुसार हालसम्म १६०० मत गन्दा देउवाले ९४० मत ल्याएका छन् भने शेखरले ६४८ मत पाएका छन् ।