मतगणना अपडेटः देउवाले अग्रता बढाउँदै लगे
बुधबार, २९ मङ्सिर २०७८, ०० : १७
नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ।
प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता जारी राखेका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । ३०० मत गन्दा देउवाले १७४ मत ल्याएका छन् भने शेखरले १२४ मत पाएका छन् ।
मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।
सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४ हजार ५६२ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सातामा २४ उडान तर सञ्चालन खर्च धान्नै मुस्किल
-
फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती