बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

२०० मत गन्दा पनि देउवाकै अग्रता, शेखरले कति मत पाए ?

बुधबार, २९ मङ्सिर २०७८, ०० : ११
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापतितर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ।  
प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २०० मत गन्दा पनि अग्रता जारी राखेका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । देउवाले ११२ मत ल्याउँदा शेखरले ८७ मत पाएका छन् । 

मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो । 

 सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा मंगलबार घटेर ४ हजार ५६२ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए ।  काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप