१०० मत गन्दा देउवाले लिए सुरुवाती अग्रता, कसको कति मत ?
बुधबार, २९ मङ्सिर २०७८, ०० : ०३
नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ।
प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । १०० मत गन्दा देउवाले ५७ मत ल्याउँदा शेखरले ४२ मत पाएका छन् । एक मत बदर भएको छ ।
मंगलबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो भने आवश्यक प्रक्रिया सुरु गरे राति सवा ११ बजेदेखि मतगणना थालिएको थियो ।
सोमबार पहिलो चरणमा भएको मतदानमा ४ हजार ६७९ मत खसेकामा आज घटेर ४ हजार ५६२ मत खसेको निर्वाचन समितिका एक अधिकारीले जानकारी दिए । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना भएपनि बाँकी अनुपस्थित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै