स्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा : १३.०६ प्रतिशत लाभांश पारित
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित भएको बैंकले जानकारी दिएको छ ।
मुख्य कार्यालय नयाँ बानेश्वरमा मंगलबार बसेको साधारणसभाको अध्यक्षता बैंक अध्यक्ष जरिन दारुवालाले गरेकी थिइन् । बैंकले गत आर्थिक वर्षमा दुई अर्ब एक करोड सञ्चालन नाफा र एक अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।
बैंक अध्यक्ष दारुवालाले बैंकका लगानीकर्ता, ग्राहक, नियामक, कर्मचारी र अन्य साझेदारहरूलाई धन्यवाद दिँदै उच्च संस्थागत सुशासन कायम गराउनेतर्फ प्रतिबद्ध रहेको बताइन् । सन् १९८७ देखि नेपालमा बैंकिङ्ग सेवा थालेको यो बैंकको कूल सेयरमध्ये २९.७९ प्रतिशत स्वामित्व नेपाली नागरिकसँग छ । बेलायतको लण्डनमा मुख्यालय यो बैंकको बाँकी सेयर भने विदेशी लगानीकर्ताहरूसँग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही