बेलायतले ११ मुलुकलाई रेड लिष्ट सूचीबाट हटायो

कोरोना संक्रमणको पछिल्लो नयाँ भेरिएन्ट ‘ओमोक्रोन’ का कारण बेलायत सरकारद्वारा लागू गरिएको यात्रा प्रतिबन्धको ‘रेड लिष्ट’ मा परेका सबै मुलुक मुक्त हुने भएका छन् ।
बुधबार बिहान ४ बजेदेखि लागू हुनेगरी बेलायत सरकारले एघार वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाउने निर्णय गरेको हो । उक्त सुचीबाट हट्ने मुलुकमा एंगोला, बोत्स्वाना, एस्वाटिनी, लेसोथो, मलावी,मोजाम्बिक, नामिबिया, नाइजेरिया, साउथ अफ्रिका, जाम्बिया र जिम्बावे पर्दछन ।
नोभेम्बरको अन्तबाट यी मुलुकहरुलाई बेलायतको यात्रा प्रतिबन्धको रेड लिष्टमा राखिएको थियो । बेलायतको रेड लिष्टमा राखेपछि ति मुलुकहरुले विरोध गर्दै आएका थिए । नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा विभिन्न मुलुकमा फैलिएको हुनाले उक्त नियम सान्दर्भिक नहुने स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् ।
उक्त मुलुकबाट बेलायत आउने यात्रुले ११ रातको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ भने सोबापत लाग्ने खर्च दुई हजार २८५ पाउण्डसमेत स्वयमले व्यहोर्नुपर्नेछ । आइसोलेसन नियम उलङ्घन गरेको पाइएमा पाँच सय पाउण्डदेखि दश हजार पाउण्ड सम्म जरिवाना गरिने नियम छ ।
तर, बुधबारबाट सबैले मुक्ति पाउनेछन् । होटल क्वारेन्टाइन बस्दा खानमा असुविधा भएको भन्दै चर्को विवाद हुँदै आएको थियो ।तर, बेलायत भित्रिएको ४८ घण्टाभित्र कोभिड टेष्ट गर्नुपर्ने र दुई दिनभित्र पीसीआर टेष्ट गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा